सेनाद्वारा ढाेपाटनमा खोज तथा उद्धार कार्य जारी

काठमाडाैं । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको- ७,८,र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढीमा परिहराइरहेका व्यक्तिहरुको नेपाली सेनाको खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।
नेपाली सेनाको श्री अर्जुणवाण गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म १४ जनाको शव फेला पारेको छ । उक्त पहिरोमा परि हराइरहेका २४ जनाको खोजी कार्य जारी राखेको छ। मिति २०७७ भाद्र१९गते नेपाली सेनाको MI-17 हेलिकप्टरद्वारा गृहमन्त्री राम बहादुर थापाबाट वस्तुस्थिति अवलोकन तथा अत्यावश्यक राहत सामग्री ढुवानी गरिएको छ ।
स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ३० जना खोज तथा उद्धार कार्यमा खट्टिइरहेककाे नेपाली सेनाले जनाएकाे छ ।

Facebook Comments