साहित्यकार नीलम कार्की ‘निहारिका’ले पाल्पाको भवानी माध्यमिक विद्यालय कुसुमखोलामा रु दुई लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । पद्मश्री पुरस्कार ( रु दुई लाख) रकमबाट विद्यालयमा कोष स्थापना गर्नुभएको हो ।
अक्षयकोषको ब्याज रकमबाट हरेक वर्ष माध्यामिक शिक्षा परीक्षा( एसइई)मा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिइने गरी उहाँले सासुआमाको स्मृतिमा ‘मानकुमारी स्मृति अक्षयकोष’को स्थापना गर्नुभएको छ । विद्यालयमा अक्षयकोष स्थापना गरी रकम सहयोग गरिदिएकामा प्रधानाध्यापक रुद्रप्रसाद आचार्यले धन्यवाद दिनुभएको छ ।
Facebook Comments