सवारी दूर्घनामा तीनकाे मृत्यु

काठमाडौं । टोखा नगरपालिका(१ पञ्चेकटारमा बा।९१ प ११८८ र बा।८५ प ५६६ नम्बरको मोटरसाइकल आइतबार बिहान एकआपसमा ठक्कर खाँदा पछाडिबाट आउँदै गरेको प्रदेश नम्बर ३(०२(००१ प २२०० नम्बरको मोटरसाइकल समेत अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएकोछ भने ३ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बा।९१ प ११८८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय मनोज दुलालर बा।८५ प ५६६ नम्बरको मोटरसाइकल चालक पासाङ तामाङको त्रि।वि। शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोहो । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको ग्रिनसिटी अस्पताल र १ जनाको ग्राण्डी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । ३ वटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, हरिनगरा गाउँपालिका(७ कबिलासामा को।२ प ८८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक देवानगञ्ज गाउँपालिका(२ बस्ने २५ वर्षीय सजिम अंसारीको मृत्यु भएको छ । दुर्घटनामा टाउकोमा चोट लागेरगम्भीर घाइते भएका उनको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments