सपना

लघु कथा

अग्ला, गोरा छुट्टै पोशाक र गाडीमा कहिल्यै नदेखेको हतियार सहित छुट्टै प्रकारका सेनाहरू घुम्न थाले । भाषा न उनीहरूको मैले बुझ्दथें न मेरो उनीहरूले । डिउटी आँउदा जाँदा मनमा कताकता डर लाग्दथ्यो । घरमा “बाहिर ननिस्कनू र ढोका लगाएर बस्नू” भनेको थिएँ । “रात परे बरू उतै बस्नू आफूपनि” निर्मलाले पटक-पटक दोहोर्याउने गरेकी थिईन् ।

फाट्ट-फुट्ट छोराहरू र अलिक धेरै छोरीहरू हराएकाे हल्ला चल्न थालेका थिए टोल-टोलमा । टोलमा छोराहरू बिनाकारण मरणसन्न हुनेगरी कुटिन थालेका थिए । गाऊँमा खसी बोका र राँगा गोरू प्राय: सकिन लागेका थिए  । आफूखुशी घिस्याउँथे मनलागे थोरै पैसा दिन्थे नलागे त्यतिकै लैजान्थे । कुनै उजुर गुनासो गर्ने निकाय थिएन । मूर्दा शान्ती छाएको थियो टोलहरूमा । दशै, तिहार, विहे-बटुलो कहिले आयो र कहिले गयो पत्तो हुन छाडेको थियो ।

राष्ट्र संबृध्दिको बृहत परियोजना भनिएको थियो नाम । काम भने उल्टो पाल्टो थियो । कहाँ हो अन्तर्राष्ट्रिय अदालत र कसरी पुगिन्छ त्यहाँ परियोजना लागु गर्नेलाई त जानकारी नहुँदो हो हामी बबूरालाई हुने कुरै भएन । कुन्नी के-के फाइदा लियो राष्ट्रले । “बाबा मर्निङवाक नजाने” बाबू कानमा चिच्यायो । झल्याँस्स ब्यूँझिएँ कस्तो डरलाग्दो सपना देखेछु । कुनै हालतमा एम् सी सी पास हुन दिनु हुँदैन मनमन संकलप गर्दै मर्निङवाक निक्लिएँ

Facebook Comments