श्रीमतीलाई हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती ३७ वर्षीया लक्ष्मी ओडलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका-७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओडलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गणेशले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comments