काठमाडौँ/प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौँ आएका राहदानी नम्बर एसी २५६६३५६ का ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आज थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौँ आगमन भएका निज थाई नागरिक थुइओनले आफ्नो सुटकेसभित्र प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ अन्दाजी तीन किलो ४३५ ग्राम (प्लाष्टिक सहित) लुकाइछिपाई लैजान लागेको अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो ।”
Facebook Comments