विद्युत नियमन आयोग तेस्रो वर्ष पुरा गरी चौँथो वर्षमा प्रवेग गरेको छ । आयोगले आज एक कार्यक्रमको आयोजना गरी तेस्रो वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, जलस्रोत, ऊर्जा तथा सिंंचाइ मन्त्री पम्फा भुसाल, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालको तर्फबाट प्राप्त भएका शुभकामना वाचन गरिएको थियो ।
यसरी प्राप्त भएका शुभकामना आयोगका सदस्य गौतम डंगोलले इपान, भागिरथी ज्ञवालीले ऊर्जा मन्त्री भुसाल र सचिव गोकर्णराज पन्थले प्रधानमन्त्रीको शुभकामना मन्तव्य वाचन गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी नगद र प्रमाण पत्र वितरण गरिएको थियो । पुरस्कृत हुने कर्मचारीमा आयोगका सचिव गोकर्णराज पन्थलाई २५ हजार नगद सहित प्रमाण पत्र वितरण गरिएको छ । त्यस्तै सिडिइ कल्प मोहन स्वतीलाई २० हजार र प्रमाण पत्र, ई. सुरेश श्रेष्ठ, शाखा अधिकृत सावित्रा पाण्डे र लेखा अधिकृतलाई पारदर्शीता पूर्वक काम सम्पन्न गरेको भन्दै १५ हजार नगद र प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रममा आयोगका पूर्व सदस्य डा. रामप्रसाद धिताल र रामकृष्ण खतिवडा लगायत कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आयोगको गतिविधि झल्काउने वृतचित्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षता आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।