विद्युत नियमन आयोगले आफ्नो दोस्रो वार्षिक कार्यक्रम मनाइरहेको छ । कोरोना महामारीका कारण कार्यक्रम संचालन गर्न सक्ने अवस्था नभएका कारण ओविनार विधिबाट कार्यक्रम संचालन गरिरहेको हो । कार्यक्रम दिनको दुई बजेबाट सुरु भएर पाँच बजेसम्म चल्ने बताइएको छ ।
कार्यक्रममा आयोगका सदस्य डा. रामप्रसाद घितालले आयोगको वर्तमान अवस्था र प्रगतिको बारेमा समीक्षा गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी मन्तब्यका लागि प्रमुख अतिथिको रुपमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी, विशेष अतिथिको रुपमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली ले शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, विद्युत प्राधिकरणकका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, विद्युत विभागका महानिर्देशक नवीनराज सिंहले शुभकामना मन्तब्य राख्ने कार्यक्रम रहेको जनाइएको छ ।
कार्यक्रमको स्वागत मन्तब्य आयोगका सदस्य रामेश्वर कलवारले गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भएको लिखित शुभकामना मन्तब्य भागीरथी ज्ञवालीले वाचन गर्ने कार्यक्रम छ । कार्यक्रमको अध्यक्षता आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले गर्नु भएको छ भने संचालन र सहजिकरण सचिव नूतनप्रकाश शर्माले गरिरहनु भएको छ ।