काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउने र उनको सट्टा इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ बनाइएको छ। यससँगै प्राधिकरणको नेतृत्व पूर्व उपकार्यकारी निर्देशक रहिसकेका सिलवालले सम्हाल्ने भएका छन्।
Facebook Comments