काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानबमोजिम अध्यक्ष रेग्मीले आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
Facebook Comments