रूसमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

चालु महिनामा पश्चिमी रूसमा बिषाक्त मदिराको सेवनबाट मृत्यु हुनेहरुको सङ्ख्या २५ पुगेको अनुसन्धानकर्ताहरूले शनिबार बताएका छन् ।

अनुसन्धानकर्ताहरूले “छ जना मृतकहरूको शवको फरेन्सिक मेडिकल जाँचले… मेथनोलको उच्च स्तर फेला पारेको रूसको मुख्य अनुसन्धान निकाय अनुसन्धान समितिले जनाएको छ ।
शवहरू सेप्टेम्बर १० –१७ को बीचमा लेनिनग्राद क्षेत्रको भोलोसोव्स्की जिल्लाबाट ल्याइएको जनाएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार तीन जना संदिग्धहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ भने घटनाको अनुसन्धान भई रहेको छ ।

यस हप्ताको सुरुमा, अभियोजकहरूले सन् २०२३ मा ५० जनाको ज्यान जाने नक्कली पेय उत्पादन र बिक्री गरेको आरोपमा दुई जनालाई एक दशक जेल सजाय सुनाएका थिए ।

सन् २०१६ मा साइबेरियाको इर्कुत्स्कमा मेथनोल भएको निषेधित नुहाउने तेल पिएपछि ६० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

यस घटनापछि रूसले मधिरा सम्बन्धि कानुनलाई कडा बनाएता पनि विकल्पको रुपमा सस्तो र घरमा बनेको मधिरा सहज उपलब्ध भएकाले विशेष गरी ग्रामीण क्षेत्रहरू यस्ता घटनाहरु घट्ने गरेको जनाएको छ ।-मस्को(रासस/एएफपी)

Facebook Comments