मेलम्ची पानी हिजाे भृकुटीमण्डपमा तीन ओटा कृतिम ढुंगेधारा निर्माण गरी घाराको टुटी राष्ट्रपति विद्यादेवी भण्डारीलाई खोल्न लगाएर उद्घाटन गरियो । खानेपानी विज्ञका अनुसार प्रोटोकल फलोअप नगरी ४.५ करोड लिटर पानी काठमाडौंका धारामा छोडी आजबाट ८.५ करोड पानी छोड्न थालिएकाले प्राविधिक रुपमा जोखिम बढेको छ । २६.५ किमि लामो टनेलमा पानी भरेपछि त्यसलाई पूर्ण रुपमा खाली गरी परिक्षण गर्नुपर्नेमा त्यसो नगरी हतारोमा मेलम्चीको पानीको राजनीति, सरकार, मन्त्रालयका उच्च अधिकारी र मेलम्चीका पदाधिकारी समेतले गरेकोसमेत आरोप लाग्न थालेको छ ।
२६.५ किमिको टनेलमा पानी भरि पुरै खाली गरेर लिकेज के कति भयो, एयर मेकानिजम सिष्टम कस्तो छ र टनेलको भौतिक अवस्थाको अनुगमन गरेर मात्र पानी भरि वितरणमा जानुपर्ने विज्ञको भनाइ छ । पानी १५ प्रतिशत भन्दा बढी चुहावट हुनु नहुने (नन् रिभ्यू वाटर ) बारे कुनै निरिक्षण भएको छैन । यसो नगर्दा सुरुङ भासिएको, चुहावट बढी भएको र एयर पास नभएको अन्तर्राष्ट्रिय घटनाक्रमहरु समेत रहेको जानकार सुत्रको दावी छ । यसरी टेस्टीङ गर्दा दुई महिना लाग्ने हुँदा साे समयलाई छाेट्याउन प्राेटाेकल फलाेअप नै भएन । टनेल टेस्टिङ्ग नै भएको छैन भन्दा फरक पर्दैन भने यति महत्वपूर्ण काममा कन्सल्टेन्टको टिम लिडर नै छैन । अर्थात टिम लिडर नभएको वर्षाै भयो । गजवको कुरा त टनेलमा पानी छोड्ने र टेस्टिङ्ग गर्ने होल प्रकृयामा कन्सल्टेन्टको उपस्थिति नै छैन । स्पेनको इप्टिशा कम्पनीको भारतीय शाखाले कन्सल्टेन्टको जिम्मा लिएको छ ।
अन्य कुराहरु थुप्रै छन् । गत असारमा गेट भत्किएर २ जनाको मृत्यु र २ जना घाइते भएका थिए । उक्त गेटलाई त्यतिकै छाडेर अलि अगाडि पट्टी अर्को स्थानमा अर्को गेट बनाइ पानी छोडएको हो । पहिलाको गेट बनाउदा ६ करोड दावी सहित इप्टिशाले मेलम्चीमा विल पेश गरेको छ । मेलम्चीमा पानी आएको खुसीयालीमा कसैले विरोध गर्दैनन्, त्यस वखत तिरौंला भनि कन्सल्टेन्टलाई थामथुप पारिएको छ । नयाँ गेट बनाउदा करिब ६ करोड नै खर्च भएको मेलम्ची सुत्रको भनाइ छ । यसरी कुल १२ करोडको नोक्सानी एउटा डिजाइन परिवर्तनले थोपरिदिएको छ भन्दा फरक नपर्ला । यसैले आजको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणमा नै ‘अव विगतको जस्तो गल्ती नहोस् भनेका छन् । आश्चर्य जनक कुरा के छ भने त्यत्रो घटना हुँदासम्म गल्ती कसैको देखाइएन वा जिम्मेवारीमा रहेका कसैलाई जिम्मेवार बनाइएन र कसैलाई कारवाही गरिएन । यसको सिधा अर्थ तलदेखि माथिसम्म सबैको मिलिभगत वा ठूलै नेताको हालको चर्चित शब्द “सेटिङ” । शुरु डिजाइन भन्दा अलग अस्थाइ पाइप राखेर पानी ल्याएइको, भेण्डरलाई हाल थामथुम पारिएको, भोलि त्यो समस्या बढेर जान्छ । हालको संरचना १७ /१७ करोड लिटर पानी पठाउन हतारोमा गरिएको छ भने पछि थपिने १७ करोडको लागि यो संरचना काम लाग्ने नलाग्ने निश्चित छैन । उपत्यकाको वितरण प्रणाली एउटा अनामनगर क्षेत्रमा बाहेक उपत्यकाको कुनै पनि ठाउँमा पूर्ण छैन । पिआइडी र केयूकेयलले पानी वितरणमा पूरा गर्नु पर्ने दायित्व पूरा भएको छैन । पूरा भएको छ त टेण्डर निकाल्दै कमिसन लिने काम मात्र ।
राष्ट्रपतिद्वारा उद्घाटन
