हेल्मेट लगाउँदैमा
बाईकवाला हुने भए
क्यामेरा हुँदैमा फाेटाेकार हुने भए
कलम साथ हुँदैमा
असल सर्जक हुने भए
म हजार वटा हेल्मेट
लाख वटा क्यामेरा
र कराेडाै कलम बाेकी रहन्थे
सत्य लेख्न जति कथिन छ
ऊ एक थाेपा मसी भए पुग्छ
संसारका सम्पूर्ण छनाेट
इतिहासहरु त्यसरी नै लेखिन्छन
नदेखिने पाटाेबाट लेख्न जटिल
देख्न मुस्किल अक्षर
यसरी त बाँचीरहेछन
र त असल शुद्ध सावित हुन्छन्
सत्य त्याे ईतिहासकाे मार्ग बनेर
Facebook Comments