हाल विद्युत उत्पादनको जडित क्षमता २०६५ मेगावाट रहेकोमा ९१५ मेगावाट मात्र उत्पादन हुन्छ । माग भने १४९८ मेवा रहेको छ । ६०० मेगावाट अपुग छ । त्यसमा कुलेखानीको स्टोरेज प्रोजेक्टबाट १०० मेगावाट आउँछ भने अझै ५०० मेगावाट कम रहेको छ । पिक आवरमा काली गण्डकी, मस्याङ्दी जस्ता विद्युत गृहबाट सप्लाईको व्यालेन्स मिलाउन र अफ आवरमा किन्ने गरिएको कुरा प्राधिकरणका प्रवक्ता एवम् भार प्रक्षेपण केन्द्रका प्रमुख सुरेश बहादुर भट्टराई बताउनु हुन्छ ।
पानीको वहावका कारण उत्पादनमा कमि आएकोले पिक आवरका लागि स्टोरेज प्रोजेक्टमा पानी भर्न अफ आवरमा भारतबाट खरिद गर्दछौ । अफ आवरमा सस्तो हुन्छ र सस्तो समयमा किन्छौ र महंगो समयमा स्टोरेज प्रोजेक्ट चलाएर सप्लाई गछाै । जेनेरेटर फल्ट भएर सप्लाई दिन नसकेको प्रशारण लाइन वा सव स्टेशन लगायतमा प्राविधिक समस्या भएमा कही विद्युत अवरुद्ध इन्टरस्टेशन हुन जान्छ । अब निर्यात गर्न छोडेर अपुग विद्युत सस्तो समयमा जति पनि आयात गरि आपूर्ति व्यवस्था मिलाउदै छौ प्रवक्ता भट्टराईले भन्नुभयो ।
ऊर्जा मन्त्री र एमडी विज्ञापन दूत
गएको एक साता अघिसम्म प्राधिकरणका एमडी कुलमान घिसिङ भारतबाट आयातित ग्यास विस्थापन गर्न इन्डक्सन चुलोको प्रचारवाजीमा जोड दिदै हुनुहुन्थ्यो । सँगसँगै लागेर ऊर्जा मन्त्री पम्फा भुसाल पनि इन्डक्सनको प्रचारमा लागेकाे कुरा सार्वजनिक नै छ । विगतमा ऊर्जा मन्त्री देखि हालका मन्त्रीसम्मको र एमडीको काम वर्षामा विद्युत खपत बढी गरौँ, विद्युतीय सामग्रीको प्रयोग गरौँ र इन्डक्सनमा खाना पकाऔँ, भारतीय ग्यास विस्थापन गरौँ, भनेर बडो राष्ट्रवादी प्रचार गरेको कुरा सबैलाई थाहा भएकै कुरा हो । अव हिउँदमा तिनै मन्त्री र एमडी सिएफएल प्रयोग गरौेँ, हिटर आइरन, फ्रिज जस्ता विद्युतीय सामग्री सकेसम्म कम प्रयोग गरौँ । विद्युत बचाउ भनेर प्रचारवाजी गरेको सुनेकै कुरा हो । अव मन्त्री र एमडीलाई विज्ञापन एजेन्सी खास गरी सिएफएल र इन्डक्सन कम्पनीको विज्ञापन दूत भनिदिदा नाक नखुम्च्याए हुन्छ ।
निर्यात ठप्प आयात बृद्धि
अघिल्लो सातासम्म प्राधिकरणका एमडी विद्युत खेर गयो भने डेडिकेटेड र ट्रंक सेवा लिएका व्यfपारी जसले करोड र कसैले अर्बसम्मको बक्यौता तिरेका छैनन् । तिनलाई विद्युत चाहिए जति दिन प्रचार प्रशारमै हुनुहुन्थ्यो । हदैसम्मको लचक देखिएर एमपिएर तथा केभी बढाइ दिने, प्रशारण लाईन बनाइ दिने भन्दै २०७२/०७३ देखिका आसामी समेतलाई फकाउँदै हुनुहुन्थ्यो भने दुई चार हजारका बक्यौता भएका निरिह ग्राहकको लाइन काट्दै बडो साहसिक जस्तो काम गरिरहनु भएको थियो ।
मुख्य कुरा के छ भने ३९ मेगावाट विद्युत भारत पठाएर निर्यात गरेको दम्भ फुर्तिका साथ काम गरेको जनताले नर्विसदै मंसिर २२ बाट निर्यातमा प्राधिकरणको वेभसाइटमा शुन्य मेगावाट लेख्नु परेको छ भने आयात १६५५ मेगावाट आवर इंकित गर्नु परेको छ । कार्तिक १७ बाट ३९ मेगावाट निर्यात गरेको र कार्तिक २२ गतेसम्म ३६५ दिनमा ३६ दिनसम्म टिकेको देखिन्छ । तर यो एकनास भने छैन ।
मंसिर २१ गते ७२१ मेगावाट आवर र २२ गते ४५६ मेगावाट आवर उल्लेख गरिएको छ । २४ घण्टामा कति घण्टा निर्यात गरियो सो खुलाइएको छैन । ३६ दिन दैनिक ३९ मेवा विद्युत निर्यात भएको कुरा सरासर झुटो हो भन्ने ऊर्जा विज्ञको भनाइ छ ।
वेभसाइडमा १६५५ मेगावाट आयात देखाइएको छ । जुन अफ आवर बिहान १० देखि ४ सम्म ६ घण्टा हो । यसले आयात प्रतिदिन करिब २८० मेगावाट देखाउँछ । तर प्रवक्ताका अनुसार ५०० मेवा अपुग हुन आएको देखिन्छ । यसमा पनि प्राधिकरणकले झुट देखाएको छ । ऊर्जा मन्त्रीलाई एमडीले जे भन्यो त्यो पत्याउनु पर्ने अवस्था आएको मन्त्रालय सुत्र बताउँछ । प्राधिकरण सुत्रका अनुसार आजभोली मन्त्री र एमडीबीच खटपट सुरु भएको छ । कारण के हो भने एमडी घिसिङले जे बोल्यो कानुन सरह हुने र मन्त्रीले त्यस विषयमा बुझ्न खोज्दा टार्ने वा अटेर गर्ने गरेको मन्त्रालयको दावी छ । प्रशारण, सवस्टेशन र वितरण संरचना बनाउने र पिपिए खोल्ने काम भएन भने यो समय प्राधिकरणको कालो हुने छ भन्ने विज्ञको भनाइ छ ।