२०७९ जेठ ०३ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र फ्रान्सका कार्यवाहक राजदूत Ms Leela Devaradjalou बीच जंगी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिती रहेको थियो ।
उक्त भेटघाट पश्चात, मित्रराष्ट्र फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीले श्री सैनिक ईन्टेलिजेन्स निर्देशनालयका निर्देशक सहायक रथी श्री सागर बहादुर थापा तथा श्री विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी श्री याम प्रसाद ढकालसँग भेटघाट गर्नुका साथै महाराजगञ्जस्थित श्री प्यारा तालिम शिक्षालयको अवलोकन भ्रमण समेत गरेका थिए ।
यस किसिमको भेटघाट तथा समय समयमा हुने भ्रमणबाट दुई देशबीच रहेको सम्बन्ध थप प्रगाढ हुनुको साथै दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाई क्षमता अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।