प्रधान सेनापति पूर्णचन्द्र थापाले आज मिति २०७७ पौष १० गते नवलपरासी जिल्लामा तैनाथ श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गण, श्री बटुकदल गण र भरतपुरमा तैनाथ श्री काली बहादुर गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति थापाले उक्त गण, गुल्म तथा शिक्षालयको स्थलगत निरीक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । साथै, सैनिक ईक्वाईन वृडिङ्ग सेन्टर, भरतपुर लगायत अन्य युनिटहरुको समेत निरीक्षण गर्नु हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएकाे छ ।
Facebook Comments