प्रतियुनिट १२ भारुभन्दा बढी लिन नपाइने

बजारमा बिजुलीको मूल्यमा अत्यधिक मूल्यवृद्धि भएपछि भारतीय विद्युत् नियमन आयोगले प्रतियुनिट १२ भारुभन्दा बढी लिन नपाउने गरी हस्तक्षेप गरेको छ । इण्डियन इनर्जी एक्सचेञ्जमा प्रतियुनिट २० भारु बराबर पुग्दासमेत सहजरूपमा बिजुली उपलब्ध हुनसकेको थिएन । अत्यधिक मूल्यवृद्धि भएपछि भारतीय विद्युत् नियमन आयोगले १२ भारुभन्दा बढी लिन नपाउने गरी हस्तक्षेप गरेको प्राधिकरणका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

आयोगले शुक्रबारदेखि नै लागू हुने गरी सो व्यवस्था गरेको हो । त्यसबाट नेपाललाई पनि हल्का राहत भएको छ । “बजारमा सामान पाए न सीमा निर्धारण गरेको अर्थ रहन्छ । सामान नै नपाउने अवस्था भएपछि सीमा लगाउनु र नलगाउनुको के अर्थ रहन्छ र ?”, प्रवक्ता भट्टराईले भन्नुभयो । भारतको नियमन आयोगले बजारमा हस्तक्षेप गरेर सीमाभन्दा माथि गएर बिजुली बिक्री नगर्नसमेत भनेको छ ।

 

Facebook Comments