पाैडेल वंश महासंघकाे वागमति प्रदेश स्तरीय भेला ललितपुरकाे सिस्नेरीमा हुने

पाैडेल वंश महास‌ंघले आज काठमाडाैंमा प्रत्रकार सम्मेलन गरी वागमति प्रदेश स्तरीय प्रथम सम्मेलन बारे जानकारी गराएकाे हाे  । भेलाकाे मुख्य उदेश्य भनेकाे यही ७ गते शनिवारका दिन ललितपुरकाे सिस्नेरीमा गर्ने आयाेजक कमिटीले जनाएकाे छ ।   देशका विभिन्न भागमा छरिएर रहेका पौडेल बन्धुहरुलाई एउटै छातामुनि समेटेर भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले पौडेल वश महासंघको वागमति प्रदेश स्तरीय भेला गर्ने तयारी गरेकाे जनाएकाे छ ।

वि.सं. २०७५ साल मंसिर २७ गते मोरङ जिल्लाको सुन्दर हरैचामा गठन भएको १८ सदस्यीय पौडेल कुल वंशकाे आयोजना र २०७६ साल असार १ गते चितवन जिल्लाको देवघाटमा म प्रतिनिधिहरुको राष्ट्रिय भेलाले ७७ सदस्यीय पौडेल वंश महासंघ नेपाल गठन गरेकाे थियाे । साे समितिले  ७ वटै प्रदेश र ७७ वटै जिल्लाहरुमा महासंघका सस्थाहरु विस्तार गर्दै पौडेल वन्घुहरुलाई एकताबद्ध बनाई मुलुकको विकासमा समाहित गराउने निर्णय गरेकाे थियाे ।

साेही अनुरुप पौडेल वंश महासंघ वागमती प्रदेश अन्तर्गतका १३ ओटै जिल्ला समितिहरु गठन गरी सकेर अब हामी आगामी मिति २०७७ साल चैत्र ७ गते पौडेल व‌ंशको ऐतिहासिक थातथलो ललितपुरको सिस्नेरीमा वागमती प्रदेशको प्रथम सम्मेलन सम्पन्न गराउने तयारी गरेकाे हाे। बागमती प्रदेशका १३ ओटै जिल्ला र जिल्ला अन्तर्गत गठन भएका विभिन्न पालिका समितिवाट समेत गरी करिब २५० जना जति प्रतिनिधि र पर्यवेक्षकहरुको उत्साहसाथ सहभागिता हुने र केन्द्रीय समितिका व्यक्तित्वहरुको आतिथ्यता रहने उक्त सम्मेलनले प्रजातान्त्रिक पद्धति अपनाएर प्रदेश समिति वंशावली निर्माण समिति र कुल पूजा समिति गरी तीनवटा समितिहरु निर्माण गर्ने छ।

ललितपुरका स्थानीय बन्धुहरु, वागमती प्रदेशबाट केन्द्रीय समितिमा आवद्ध २३ जना वन्धुहरु एवं काठमाण्डौं र भक्तपुर जिल्ला समितिको सक्रियतामा सम्पन्न हुन लागिरहेको उक्त सम्मेलन दुई सत्रमा सम्पन्न हुने छ । बिहान ८ बजेदेखि सुरु हुने उद्घाटन सत्रको उदघाटन पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष श्री लोकनाथ पौड्यालले गर्नु हुने छ भने कार्यक्रका सभापति वागमती प्रदेशका संयोजक एवं केन्द्रीय उपाध्यक्ष श्री दीपक प्रसाद पौडेल रहनुहुने  आयाेजकले जनाएकाे छ ।

पौडेल वंश महासंघको प्रथम वागमती सम्मेलन भव्य रुपमा सफल तुल्याउनका लागि  सबैलाई आह्वान गरेकाे छ । यसका साथ कार्यक्रमका बिभिन्न क्षेत्रमा याेगदान पुर्‌याएका विशिष्ट ब्यक्तित्वहरुकाे सहभागि रहने समेत आयाेजकले जनाएकाे छ । याे भेलामा ३५० जनाकाे उपस्थिति रहने छ भने प्रतिनिधि र पर्यवेक्षकका लागि रु ५०० शुल्क ताेकिएकाे आयाेजक समितिले जनाएकाे छ ।

कार्यक्रमलाई सहज तरिकाले स‌चालन गर्नका लागि ८ वटा उपसमिति बनाएर काम गर्ने याेजना रहेकाे छ, भने पाहुना, प्रतिनिधि र पर्यवेक्षकका लागि खाजा, खाना,  झाेला, डायरी र कलम दिने तयारी रहेकाे आयाेजककाे भनाइ छ ।

Facebook Comments