राष्ट्रिय समाचार समितिका पत्रकार कृष्ण आचार्यमाथि हातपात गर्ने भरतपुर वितरण केन्द्रका कर्मचारी धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा भएको मिलापत्र अनुसार जनही एक हजारका दरले धरौटी बुझाएर केन्द्रका कर्मचारीलाई छोडिएको हो ।
आफुमाथि हातपात भएको र त्यसको क्षतिपूर्ति भरि पाउँ भनि आचार्यले दिएको निवेदन अनुसार उनलाई २ लाख ३७ हजार क्षतिपूर्ति रकम उपलब्ध गराइएको समाचारस्रोतले बताएको छ । क्षतिपूर्ति रकम पनि कर्मचारीबाट नै भराइएको हो ।
क्षतिपूर्ति र धरौटी बुझाएर छुटेका कर्मचारीमा वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंह, सुपरभाइजर आनन्द बहादुर कुँवर, दिवछ साह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरमेन तुलसी देवकोटा, लेखापाल मन्जिलमान श्रेष्ठ, हरि पौडेल र मिटर रिडर हेम शंकररहेका छन् ।
Facebook Comments