मिति २०७९ जेठ २८ गतेको करिब ११०० बजेबाट नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित त्रिशुली-३ “ए” को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि नेपाली सेनाको श्री विशेष फौज बाहिनीबाट खट्टिएको ४ जनाको CQRT (Composite Quick Reaction Team) ले १८५० बजे सकुशल उद्धार गरेको व्यहोरा जानकारी गराईन्छ ।
उक्त व्यक्तिको उद्धारको निमित्त नेपाली सेनाको हेलिकप्टर (NA-045 Ecureuil) गौचरस्थित श्री मध्य एयर वेशबाट ऐ. मितिको १८३० बजे Take Off भई १८४० बजे घट्नास्थलमा पुगी, तारमा चढी झुण्डिएको अवस्थामा रहेको व्यक्तिलाई नेपाली सेनाको उद्धार टोलीले विशेष उद्धार कला र ईक्युप्मेण्टको प्रयोग गरी प्रसारण लाईनबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय, नुवाकोटलाई बुझाएको छ ।
Facebook Comments