नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागू हुनेगरी पुनः खोलेको छ । भारतमा कोभिड–१९ को महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६ देखि हवाई उडान बन्द गरेको थियो । तर कोरोनाभाइरसको महामारीको उच्च जोखिम रहेका मुलुकबाट युरोपतर्फ हुने उडानमाथि युरोपेली युनियनको प्रतिबन्ध भने यथावत छ । युरोपेली युनियनले कोभिडको उच्च जोखिम भएका मुलुकबाट गैर युरोपेली नागरिकलाई युरोप प्रवेश गर्न प्रतिबन्ध लगाएको छ जसमा भारत पनि समावेश छ । आम्स्र्टडम, १८ जेठ (रासस–एएनआई)
Facebook Comments