नेकोस अन्तरराष्ट्रिय जुडोलाई जापान बी एण्ड टी ट्रेडिङको साथ

काठमाडौँ/नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो सङ्घ नेपालको आयोजनामा हुने नेकोस आठौँ अन्तरराष्ट्रिय जुडो प्रतियोगितालाई बी एण्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) ले मुख्य प्रायोजन गर्ने भएको छ ।

आयोजकका अध्यक्ष धर्मकुमार श्रेष्ठ र बी एण्ड टीका प्रमुख कार्यकारी अधिकृत विष्णु गिरीले आज प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार बी एण्ड टीले आयोजकलाई २० लाख रूपैयाँ जापानी येन उपलब्ध गराउने छ ।

प्रतियोगितामा क्याडेट र जुनियर गरी ३५ स्पर्धा समावेश छन् । १८ वर्षमुनि क्याडेटको पुरुषमा ११ र महिलामा १० गरी २१ स्पर्धामा खेल हुनेछ । १८ देखि २१ वर्ष जुनियरको पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments