कुलमानको अवैधानिक नियुक्ती जाेगाउने पक्षमा सर्वाेच्चका न्यायधिश भट्टराई

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई गैर कानुनी तरिकाले नियुक्त गरेको भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा दिएको मुद्दाको विषय पुस १३ का लागि पेशी तोकिएको भएपनि यो मुद्दा सूचीबाटै हटाइएको छ ।
यो मुद्दाको विषयमा ०७६ असोज ६ गते प्रधानन्याधिश चोलेन्द्र सम्शेर राणाले अन्तरिम आदेश गर्दै यसको १५ दिनमा लिखित जवाफ पेश गर्नका लागि भनिएको थियो । लिखित जवाफ पेश गरेको तीनदिन पछि पेशीमा चढाउने तय त्यसै समयमा भएको हो । सोही अनुरुप दशैं तिहारकोबीचमा पेशी राखिएको भएतापनि त्यो सरेर पुस १३ का लागि तोकिएको थियो ।
तर २०३ वटा मुद्दाको पेशीको सूचीबाट यो विषयको मुद्दा हटाइएको छ । कानुनतह यसो गर्न नपाइने प्रावधान भएको हुनाले के कति कारणले यो मुद्दालाई पेशीमा नराखी स्थगित गरिएको हो भन्ने बारे खुलाइएको छैन । पाँच जना न्याधिशको निर्देशनमा पेशी तलमाथि गर्न सक्ने भएपनि यसो गर्दा समस्या आउने कानुन विज्ञको राय छ । ‘यो हटाउनै नपाउने मुद्दा हो, आदेशमा पनि यो गर्न नपाउने प्रावधान छ, उनीहरुको भनाइ छ ।’
यो मुद्दाको विषयलाई लिएर टिका टिप्पणी सुरु भएको छ । साप्ताहिक पेशीकाे सूची निकाल्दा याे मुद्दालाई साेही दिन हेर्न नसकिने गरी जानाजान तल पारिएकाे छ भन्ने एकथरी भनाइ छ । तर यसमा जानकारहरुकाे भनाइ अनुसार कुलमान घिसिङलाई सहज हुने तरिकाले याे मुद्दालाई पेशीमा राखिएकाे हाे । दुवै पक्षका वकिलहरुले याे मुद्दा सार्न नमिल्ने गरी आदेश लिइएकाे थियाे । तर न्यायधिशहरुकाे कमीले यसाे गर्न खाेजिएकाे हुन सक्ने बुझाइ छ ।
यो सबै घिसिङलाई जिताउनका लागि सर्वोच्चका न्यायाधिश भट्टराई सकारात्मक रहेकाे कुरा बाहिर आएको छ । घिसिङ कार्यकारी निर्देशकको भूमिकामा नरहेकाे अवस्थामा आफ्ना दाजु वसन्तमोहन भट्टाराईले संचालन गरिरहेको विजयपुर खोलामा रहेको १‍.९ मेगावाट क्षमताको हाइड्रोपावर निर्माणमा सहयोग नहुने र बनाउन लागेकाे अर्काे १० मेगावाटकाे आयाेजनामा सहयाेगग नहुने भन्दै भट्टराई घिसिङको पक्षमा लागेको जानकारको भनाइ छ ।
पोखरा महानगर पालिकाको चाउथे र साविकको लेखनाथ क्षेत्र भएर बग्ने विजयपुर खोलामा निर्माण भइरहेको यो आयोजनामा मुद्दा जितेर शाक्य आएको खण्डमा आफुलाई समस्या हुने भन्दै वसन्तमोहनले भाइलाई भनेका कारण आनन्दमोहन घिसिङको पक्षमा लाग्न बाध्य भएको जानकार स्रोतको दावी छ । वसन्तमोहनको टाक्स नामक अर्को कम्पनी पनि रहेको छ । यसले पनि जलविद्युतका क्षेत्रमा काम गरिरहेको बताइएको छ ।

Facebook Comments