दमौली खानेपानीको अध्यक्षमा श्रेष्ठ सर्वसम्वत

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा वृषराज श्रेष्ठ नेतृत्व सर्वसम्वत चयन हुनुभएको छ । शुक्रबारदेखि शुरु भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो अधिवेशन तथा दशाँै साधारणसभाले ७१ वर्षीय श्रेष्ठलाई सर्वसम्वत चयन गरेको हो । त्यसैगरी खुला महिलातर्फ योगिता कायस्थ, गौकुमारी न्यौपाने, विन्दु गुरुङ र सूर्यकला काफ्ले चयन भएका छन् । त्यसैगरी पुरुष खुल्लातर्फ माधवप्रसाद अधिकारी, विश्वेश्वर सुवेदी, दीर्घ बहादुर थापा क्षेत्री, जगतबहादुर बानियाँ, चिरौकाजी बतास, ओमबहादुर थापा र इन्द्रध्वज गुरुङ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य श्रेष्ठले आफ्नै पानी उद्योग सञ्चालन गर्दै आउनुभएको छ । निर्वाचनको तयारी गरिए पनि सबै पदका लागि सर्बसम्वत चयन भएको निर्वाचन संयोजक अमृतबहादुर नेपालीले जानकारी दिनुभयो । खुला र महिलातर्फ गरी ११ सदस्य समितिले तीन जना मनोनित गरेर बनेको १४ सदस्यीय समितिले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी मुख्य पदका पदाधिकारीलाई चयन गर्नेछ । व्यासनगरपालिकाको वडा नं २, ३ र ४ का गरी करिब तीन हजार ५०० पानीका धारा जडान गरिएको छ भने सदस्यता दुई हजार ५०० ले नवीकरण गरेका छन् ।

Facebook Comments