जिन्दगीमा

कविता

जिन्दगीमा उडान भए पछि
अबस्य अबतरण हुन्छ

तर,
मेरालागि भने खास
उडान पनि छैन
उडान नै नभएको जिन्दगीको
के होला र अबतरण ?
अबतरित हुनु पनि छैन ।

 

 

लाछीहरूको एउटा रोचक तमासा बनेर
कसैले बाँचेको अर्थलाई
सुरक्षित अबतरण भन्छ भने
त्यो भन्दा झुर भ्रम ऊ भन्दा अरुले
पालेको छैन ।

 

 

जब जर्जर देशको मुहारले
दिनरात आँसु बगाउँछ
भने त्यो आँसुको मुल्य पिएर
म सर्वोच्च भए ठान्नु सबभन्दा
बढी बेकार त्यही हुनेछ ।

 

 

मानिस निकम्माको पुन्तुरोमा
थन्किनु हुन्न
खुला मैदान भएर
छात्ती थाप्नु पर्छ
चुनौतीको सामना गर्न ।

Facebook Comments