जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ता भएको घोषणा

जर्मनीको सर्वोच्च अदालतको नेतृत्वमा भर्ना हुने अपेक्षा गरिएकी एक प्राज्ञले आफ्नो उम्मेदवारीलाई लिएर उठेको विवादले सत्तारुढ गठबन्धनलाई झकझकाएपछि आफूले अब मनोनयनको माग नगर्ने शुक्रबार बताउनुभएको छ ।

फ्राउके ब्रोसियस–गेर्सडोर्फलाई १६ सदस्यीय संवैधानिक अदालतमा नियुक्तिका लागि मध्य–वामपन्थी सोसल डेमोक्र्याट्सले प्रस्ताव गरेको थियो तर चान्सलर फ्रेडरिक मर्जको कन्जरभेटिभ सीडीयू÷सीएसयू गठबन्धनभित्रबाट कडा विरोधको सामना गर्नुपरेको थियो ।

दक्षिणपन्थी सांसदहरूले कानुनका प्राध्यापकले गर्भपतन र इस्लामिक हिजाबजस्ता प्रश्नमा अत्यधिक उदारवादी अडान लिएको आरोप लगाएका छन् । उहाँले आफूविरुद्ध गरिएका अधिकांश आलोचना ‘अपमानजनक र वास्तविकताबाट टाढा’ भएको बताउनुभएको छ ।

गत महिना संसदको समयतालिकाबाट उहाँको मनोनयनको सूची अचानक हटाइएको थियो । सिडियु÷सिएसयु समूहका सांसदभित्र उहाँको पक्षधरताका लागि समर्थनमा कमी थियो।

एसपिडीले उनको उम्मेदवारीको कडा प्रतिरक्षा गरेको थियो र मर्जको गठबन्धनभित्र यस विषयमा अनावश्यक सार्वजनिक विवाद गर्नेहरूको समूह ठूलो देखिएको छ । मर्जको गठबन्धन सरकारले मेमा पदभार ग्रहण गरेको थियो।

बिहीबार ब्रोसियस गेर्सडोर्फले आफू उम्मेदवारका रुपमा नरहेको बताउनुभएको छ ।

उहाँले बिहीबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “सिडियु÷सिीएसयु समूहका सदस्यहरूले हालैका दिन र हप्ताहरूमा सार्वजनिक र व्यक्तिगत रूपमा मलाई निर्वाचनमा सहयोग गर्न असमर्थ भएको बताएका छन्।”

ब्रोसियस गेर्सडोर्फले गठबन्धनभित्रको विवाद बिग्रन नदिन र लोकतन्त्रका लागि अकल्पनीय परिणामका साथ घटनाहरूको ट्रेनलाई गति दिन चाहेको बताउनुभएको छ ।

गत महिना रद्द गरिएको मतदानको उद्देश्य निर्णय गर्न बाँकी रहेका अन्य दुई उम्मेदवारहरूलाई पनि अदालतका लागि अनुमोदन गर्नु थियो ।

ब्रोसियस–गेर्सडोर्फले भन्नुभयो, “यदि मैले आफ्नो उम्मेदवारीमा अडिग रहेँ भने यसले ‘अन्य दुई उम्मेदवार’हरूलाई खतरामा पार्न सक्छ, जसलाई म रक्षा गर्न चाहन्छु।”

एसपीडीका महासचिव टिम क्लुसेन्डोर्फले सिडियु÷ सिएसयुलाई सङ्केत गर्दै भन्नुभयो, “यो ‘हाम्रो राजनीतिक संस्कृतिको लागि खराब दिन’ थियो र गठबन्धनमा सबैले ब्रोसियस–गेर्सडोर्फलाई समर्थन दिएनन् जुन गठबन्धन सहमति विपरित छ र उहाँ यसको भागिदार हुनुहुन्थ्यो।

उहाँले रेनिशे पोस्ट अनलाइन पत्रिकासँग भन्नुभएको छ, “यसले हरेक लोकतन्त्रवादीलाई सचेत गराउनुपर्छ। निःसन्देह पनि एक प्रख्यात वकिल र विशेषज्ञले यो कदम चाल्नु स्वभाविक थियो।-बर्लिन(रासस/एएफपी)

Facebook Comments