चट्याङ लागेर मृत्यु

लिखु गाउँपालिका-८ टारकेराबारी बस्ने ४४ वर्षीय देव बहादुर दर्जीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ ।

देव बहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघ बहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानी सगै परेको चट्याङ लागि दुवै जना अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएकोमा उपचारको क्रममा देव बहादुर दर्जीको मृत्यु भएको हो । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

Facebook Comments