गाजामा सहायता वितरणका लागि युएनआरडब्लुएको आह्वान

प्यालेिस्टनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले गाजा पट्टीमा पछिल्लो समय स्थानीयको मृत्युको कारण भोकमरी भएको पुष्टि गर्दै जनतालाई सुरक्षित र निरन्तर सहायता वितरण गर्न आह्वान गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समा लाजारिनीले संयुक्त राष्ट्रसङ्घको समन्वयमा भएको सहायता वितरण बिन्दु इजरायली सैन्य वितरण बिन्दुमा प्रतिस्थापन भएपछि गाजबासीहरूको भोकमरीका कारण मृत्यु भएको पुष्टि गर्नु भएको छ ।

उहाँले साझेदारहरूद्वारा समर्थित सामुदायिक वितरण केन्द्रहरूले गाजापट्टीमा अनिकाल फैलिनु अघि लगभग २० लाख मानिसहरूलाई खाना र सहायता प्रदान गर्दै आएको बताउनुभएको छ ।

युएनआरडब्लुएका आयुक्तल राष्ट्रसङ्घ तथा यसका साझेदारहरूलाई काम गर्न अनुमति दिने आवश्यकतामा जोड दिँदै सुरक्षित र निर्बाध सहायता प्रदान गर्ने समय आएको बताउनु भएको छ ।

यसअघि, मङ्गलबार उहाँले युद्धमा रणनीतिक विरामको बावजुद मानवीय शिविरहरूमा पुग्न सहजता प्रदान गर्न, गाजामा प्रवेश गर्ने सहायताको मात्रा चरम भोकमरीमा अपर्याप्त भएको उल्लेख गर्नुभएको छ ।

हत्या, भोकमरी, विनाश र विस्थापन सहित, अन्तर्राष्ट्रिय अपील र अन्तर्राष्ट्रिय अदालतको आदेशलाई बेवास्ता गर्दै सन् २०२३ अक्टोबर७ देखिको इजरायली कब्जाले गाजा पट्टीमा नरसंहारको अवस्था ल्याएको छ ।-न्यूयोर्क(रासस/क्युएनए)

Facebook Comments