रहर पुरा भयो अलंकार पुगेन
सिकारु हात हो यो निखार पुगेन
सिर्जनाको सुन्दरता दिई सकेपछी
कस्ले भन्ने उनको श्रृङ्गार पुगेन
म त अर्कैको खुशीमा रमाउन सिकें
आफ्नो बारेमा कुनै बिचार पुगेन
जे थियो लेखिएको उहि भोग्दै छु
कोरियो सिर्जना कुनै बजार पुगेन
ऊ सँग भएको यौटा अर्कैले लियो
यो हातको सिन्दुरलाई निधार पुगेन
Facebook Comments