काठमाडौं । काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित मनोहरा खोलाबाट बालुवा चोरी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ३ घर भएका ४० वर्षीय बुद्ध लामा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खोलामा बा.२ क ९११ नम्बरको मिनी टिपरमा बालुवा लोड गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी टिपर सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानगरिरहेको छ ।
Facebook Comments