वजेट भाषणमा खानेपानीको हकमा एक घर एक धाराको नीति अवलम्वन गरिएको छ । यसमा उपभोक्ताको क्षमता विकास र वितरण प्रणालीमा सुधार गरिने उल्लेख छ । मेलम्चीको हालको संरचनामा लार्के र याङ्ग्री खोलालाई जोडिने छ । यो योजना ३ वर्षमा सम्पन्न गरिने जनाइएकाे छ । जसका लागि ३ अर्व ५१ करोड विनियोजन गरिएको छ । खानेपानीको वितरण प्रणली सुधारका लागि चक्रपथ भित्र र बाहिर दुई चरणमा गरी ४ अर्व ८४ करोड विनियोजन भएको छ ।
सुनकोसी मरिन र भेरी बबइबाट पनि यसको परिपूर्ति गरिने उल्लेख गरिएको छ । सुख्खा क्षेत्रका खोटाङको हलेसी लगायत अन्य क्षेत्रको खानेपानी सुविधा विस्तारका लागि ३ अर्व ६६ करोड विनियोजन गरिएको छ । याे आवका लागि खानेपानी मन्त्रालयका लागि सरकारले ४३ अर्व ५४ कराेड विनियाेजन गरेकाे हाे ।
Facebook Comments