नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले पत्रकारद्वय सन्तोष पौडेल र सुनिता राई ‘कृष्णकला’ लाई पुरस्कृत गरेको छ । शाखाको नवौँँ साधारणसभाका अवसरमा पौडेल र राईलाई नगद रु दुई हजार ५०० सहित ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
महासङ्घका केन्द्रीय सदस्य गोपाल बराइली, प्रदेश अध्यक्ष विक्रम लुइँटेल, महासचिव विवेक गौतमलगायतले पत्रकारद्वयलाई पुरस्कृत गर्नुभएको हो । यस्तै अग्रज पत्रकार कृष्ण आचार्य, उजुर राई, डम्बरसिं राई, भीम राई, दिलीप खत्री र बद्री आचार्यलाई सम्मान गरिएको छ । शाखाको भवन निर्माणका लागि जग्गादाता कृषिविज्ञ मदन राईलाई पनि सम्मान गरिएको थियो ।
पत्रकार महासङ्घ, खोटाङ शाखाले पत्रकारद्वय सन्तोष पौडेल र सुनिता राई ‘कृष्णकला’ लाई पुरस्कृत गरेको छ । शाखाको नवौँँ साधारणसभाका अवसरमा पौडेल र राईलाई नगद रु दुई हजार ५०० सहित ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।