कोभिड १९ ले पारेकाे प्रभाव न्यूनीकरणका लागि इपानले माग्याे सरकारसँग छुट दावी

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले केभिड १९ ले पारेकारे प्रभाव न्यूनिकणका लागि सरकारबाट छुट दावीकाे माग गरेकाे छ । २०७७ वैशाख १६ गतेको निवेदनका आधारमा विद्युत उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा कोभिड–१९ को कारणले पारेको प्रभावहरु अध्ययन गरी निराकरणका लागि संभावित उपायहरुसहितको प्रतिवेदन पेश गर्न विकास सहायता तथा प्रादेशिक महाशाखा प्रमुखज्यूको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको २०७७ भाद्र २२ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार समिति गठन गरिएको थियो ।

गठित समितिको विभिन्न मितिमा लगातार बैठकहरु बसी समितिको कार्यक्षेत्र र अध्ययन विधि अनुसार विद्युत विकासको समग्र क्षेत्रमा कोभिड–१९ ले पारेका समस्याहरुको सुक्ष्म अध्ययन गरि गठित समितिका संयोजकज्यूले कार्तिक २७ गते सचिवसमेतको उपस्थितिमा ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्रीलाई सिफारिस सहितको अध्ययन प्रतिवेदन हस्तान्तण गरेको थियाे । त्यसपछि फागुन ०२ गते मन्त्रिस्तरीय निर्णय अनुसार सहुलियत तथा सुविधा दिने भएकोले संलग्न प्रतिवेदन तथा सम्बन्धित निकायहरुलाई कार्यान्वयनको लागि लेखिएकाे हुँदा साेही पत्रको आधारमा आफ्नो आयोजनाको कार्य अगाडि बढाउन सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरेकाे इपानका कार्यकारी व्यवस्थापक प्रवल भट्टराईले जानकारी गराउनु भएकाे छ ।

 

Facebook Comments