हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । कम्पनीको नवौं वार्षिक साधारण सभा सम्पन्न गर्दै त्यसको जानकारी दिने उद्देश्यले संचालन गरिएको एक कार्यक्रममा यस्तो जानकारी दिइएको हो । जस अनुसार लगानी भएकामध्ये चारवटा आयोजना (९०.६ मेगावाट) सञ्चालनमा आइसकेका छन् भने यही आर्थिक वर्षमा थप चारवटा आयोजनाबाट (१८२ मेगावाट) बिजुली उत्पादन हुनेछ । यसको अलवा पाँच वटा आयोजना निर्माणको क्रममा रहेका छन् ।
कम्पनीले अहिले सम्म ९ अर्ब ४५ करोड रुपैयाँ लगानी गरिसकिएको साधारण सभापछि आयोजित पत्रकार सम्मेलनमा सीइओ पोखरेलले बताउनु भएको छ । कूल १५४० मेगावाट क्षमताका पाँच वटा आयोजना र चारवटा सम्बन्धित क्षेत्रका कम्पनीहरुमा यस्तो लगानी गरिएको कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिनु भयो ।
कम्पनीको लगानीमध्ये ऋणतर्फ ४ अर्ब ९८ करोड रहेको छ । यसरी ऋण लगानी पश्चात सञ्चालनमा आएका आयोजनाहरुमा बागमती साना आयोजना (२० मेगावाट), काबेली बी १ (२५ मेगावाट), तल्लो हेवा (२२.१ मेगावाट) र सोलु खोला (२३.५ मेगावाट) छन् । यसका साथै यही आर्थिक वर्ष १८२ मेगावाटका चार आयोजनाहरु संचालनमा आउनेछन् । संचालनको तयारीमा रहेका मिस्त्री खोला (४२ मेगावाट), दोर्दी (२७ मेगावाट), न्यादी (३० मेगावाट), तल्लो सोलु (८२ मेगावाट) रहेका छन् । निर्मााधिन अवस्थामा रहेका आयोजनाहरुमा तल्लो लिखु (२८ मेगावाट), माथिल्लो सोलु (१८ मेगावाट), सोलुखोला (दुधकोसी) (८६ मेगावाट) र अपर त्रिशुली (३७ मेगावाट)रहेका छन् ।
कम्पनीको हालको अधिकृत पुँजी ५० अर्ब, जारी पुँजी २२ अर्ब र चुक्ता पुँजी साढे १६ अर्ब ५० करोड रुपैयाँ छ । कम्पनीमा ५० प्रतिशत स्वामित्व नेपाल सरकारको छ । त्यसमा सरकारी निकाय र सार्वजनिक संस्थाहरुको समेत लगानी रहेको । यसरी लगानी गर्ने लगानीकर्ताहरुमा अर्थ मन्त्रालयको २०, ऊर्जा मन्त्रालयको १०, कानुन न्याय मन्त्रालयको १०, महालेखा नियन्त्रकको १० प्रतिशत शेयर छ । यसैगरी सार्वजनिक संस्थानहरु कर्मचारी सचय कोषको १०, नागरिक लगानी कोषको १० र राष्ट्रिय वीमा संस्थानको १० प्रतिशत शेयर लगानी रहेको छ भने सर्वसाधारणको २० प्रतिशत शेयर छ ।
कम्पनीले हालसम्म ८ अर्व ३६ करोड आम्दानी गरेको छ । सरकारलाई १ अर्व ८५ करोड आयकर तिरेको छ भने शेयरधनीलाई ६ अर्व २८ करोड लाभान्स वितरण गरेको गरेको । जसमध्ये नेपाल सरकारतर्फ २ अर्व १६ करोड र शेयरधनीलाई ४ अर्व १२ करोड रहेको छ । हालसम्म कम्पनीको सम्पत्ती १९ अर्व २९ करोड रहेको सिइयो पोखरेलले बताउनु भएको छ । निकट भविष्यमा ३३३९ मेगावाटका २३ वटा आयोजनाहरुमा १० अर्व ७६ करोड स्वपुँजी लगानी गर्ने लक्ष्य रहेको जनाएको छ ।
१५ वर्षमा यसलाई १३७ अर्व ३५ करोड पुर्याउने लक्ष्य राखेको कार्यक्रममा बताइएको । यस संस्थाको मुख्य उद्देश्य भनेको देशभित्र र बाहिर रहेको पुँजीलाई व्यवस्थित रुपमा संकलन गरी ऋण तथा स्वपुँजी लगानीमार्फ जलविद्युत् आयोजना र त्यससँग सम्बद्ध पूर्वाधार विकासमा टेवा पुर्याउनका लागि २०६८ सालमा स्थापना गरिएको हो ।