एकीकृत शहरी विकास केन्द्र/Center for Integrated Urban Development (CIUD) ले Water Aid र Coca-Cola Foundation संग समन्वय गरी श्री राजदल गण, लगनखेल व्यारेक हाता भित्र कार्तिक १७ गतेबाट निर्माण कार्य शुरु गरेको भूमिगतजल रिचार्ज प्रणाली परियोजना फागुन १४ गते विधिवत रुपमा सम्पन्न भई १६ गते श्री राजदल गणलाई हस्तान्तरण गरेको छ । लगनखेल व्यारेक र वरपरको ईलाकामा सुख्खा याममा पानीको तीब्र अभाव भईरहेको परिस्थितिलाई न्यूनिकरण गर्ने हेतुले उक्त गणको सहकार्यमा व्यारेक हाता भित्र उक्त निर्माण गरिएको हो ।
यस योजना अन्तर्गत लगनखेल व्यारेक हातामा ५१ वटा Recharge Pit, ५१ वटा Filtration Chamber, ३ वटा Desilting Chamber, २५० मिटर Water Drainage System र १ वटा Rain Garden निर्माण गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा एकिकृत शहरी विकास केन्द्र (CIUD) का कार्यकारी निर्देशक द्रोण प्रसाद कोईराला तथा संस्थापक प्रा.डा. संगीता सिंह, Water Aid Nepal का Country Director तृप्ती राई, बोट्लर्स नेपाल लिमिटेडका Country Public Affairs, Communication and Sustainability Manager इरिना कार्की गुरुङ्गका साथै नेपाली सेनाको तर्फबाट श्री नं. १३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिनेश कुमार के.सी. लगायत गणका गणपति एवं अन्य अधिकृतहरुको सहभागिता रहेको थियो ।