ऊर्जा मन्त्रीले पोल भाडा बिरुद्ध व्यवसायीसँग ऐक्यवद्धता जनाइन

कुलमानको दम्भले रुनु न हास्नुको भाडा बढाएको हो

नेपाल सरकारको गलत नीतिका कारण केवल टिभी व्यवसायीहरुको व्यवस्थापनका परेका नकारात्मक प्रभावका विरुद्धमा आयोजित ‘केवल टिभी व्यवसायीहरुको’ राष्ट्रिय भेला २०७८ को व्यानर मुनि उभिएर ऊर्जा मन्त्री पम्फा भुसालले तपाईंहरुको आन्दोलनमा ऐक्यवद्धता रहेको उद्घोष गरेकी छिन् ।


मन्त्री भुसालले जुनसुकै कुरा पनि संघर्ष विना प्राप्त हुँदैन र यो आवाजमा मेरो ऐक्यवद्धता छ भन्दै विज्ञान र प्रविधिको युगमा सुचना र संचारको त्यतिकै महत्व रहेको जनाएकी छिन् । राज्य आफैले दिनुपर्ने सेवालाई निजी क्षेत्रले दिएको छ । त्यसलाई आफूले सम्मान गर्ने बताउँदै यो समस्या संवाद द्वारा हल गर्ने विश्वास दिलाउन चाहेको बताएकी छिन् । सरोकारवाला पक्षलाई नराखी एकलौटी भाडादर बढाएको कुरा मलाई पछि मात्र थाहा भयो । कानुन नै परिवर्तन गर्नु परे परिवर्तन गरेर संवादद्वारा समस्या समाधान गर्ने आवश्वासन दिइएको हो ।
संघका सल्लाहकार दिनेश सुवेदीले सरकारको गलत नीतिका कारण व्यवसाय नै थला पर्ने स्थिति आएको छ । आज ऐक्यवद्धता दिनेहरुले भोलिका दिनमा साथ दिने विश्वास लिएको बताएका छन् । सरकारले नै कानुन नमानेर यो स्थिति आएको उनको भनाइ छ ।
उक्त कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं मिडिया एलाइन्सका भाष्करराज राजकर्णिकार, डिजिटल टिभी एसोशियसनका सुदिप आचार्य, नेपाल टिभी प्रसारण संघका सुमित प्रताप रायमाझी र चलचित्र संघका महासचिव अशोक शर्मा लगायतले स्वागत मन्तव्य राखेका थिए ।
राजकर्णिकारले संकेत बन्द गर्नु परे पनि सामुहिक रुपमा तयार रहने प्रतिवद्धता जनाए । हुमागाईंले मिडिया क्षेत्रका नियामक निकाय नभएको हुँदा आम संचार प्राधिकरणको आवश्यकता औँल्याए । शर्माले कुलमान घिसिङको व्यक्तिगत दम्भ भरिएको र उनकै दम्भका कारण यो भाडादर ल्याइएको बताउँदै सुन्दा पनि रुनु न हाँस्नु हुने भाडादर भनि टेलिभिजन बन्द गर्नुपर्ने धारणा राखे । उनले यदि नयाँ भाडादर लागू गरेमा व्यापक प्रचार गरेर कुन मन्त्री र कुन हाकिमले गरेको भनि जनतासमक्ष भोट नदिन अपिल गर्ने बताए । सेवक बन्नु पर्ने सरकार शाषक भएको समेत उनले बताए ।
महासंघका अध्यक्ष तथा कार्यक्रम सभापनि धुर्ब शर्माले सरकारले व्यवसायीलाई एनालग, डिजिटल वा क्लिन फिड लगाएर पटकपटक खर्च बढाएर दुख दिएको र आज आएर व्यवसाय नै धरापमा पार्ने काम गरेको बताए । कार्यक्रमको संचालन मनोज गुरुङले गरेका थिए ।

Facebook Comments