ऊर्जा मन्त्रीलाई वाइपास गरेर प्रमका विज्ञ थपलियाले कर्मचारीलाई धम्क्याए

तर, प्राधिकरणको मुख्य समस्यामा ध्यान दिइँदैन

भनिन्छ ठूला नेताहरुलाई आफ्नै परिवार वा नजिकका विश्वास पात्रले धोका दिदै चुर्लुम्म डुवाउँछन । नाकले पानी पिए सर्किन्छ । त्यस्तै ऊर्जा मन्त्री टाेपबहादुर रायमाझी उपत्यका बाहिर व्यस्त भएका बेला उहाँलाई थाहै नदिइ प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थापलियाले पुस २७ गते उर्जाका उच्च कर्मचारीहरुलाई डाकेर प्रधानमन्त्री कार्यालयमा बिफ्रिङ गरेको समाचार आएको छ ।
सहि र तथ्य सूचना दिदै विजुली प्रवाहलाई व्यवस्थित बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको कुरा समाचारमा उल्लेख छ । यसले ठूलो सवाल उत्पन्न गर्दछ । पहिलो कुरा नवनियुक्त ऊर्जा मन्त्री माथि विश्वास नभएर, ऊर्जा मन्त्रालय र प्राधिकरणका पदाधिकारीहरुले काम नगरेको बुझाइ हुन सक्छ । किनकि पुस १३ र १४ गते प्राविधिक समस्याले केही ठाउँमा केही समय वत्ति गएको विषयमा १६  गते नै वक्तव्य जारी गरी तथा १७ गते पत्रकार सम्मेलन गरेर प्राधिकरणले स्पस्ट पारी सकेको विषयमा २७ गते आएर विज्ञ थपलियालाई यसरी बिफ्रिङ गर्नुपर्ने कारण के हुनसक्छ भन्ने अर्को गम्भीर सवाल हो । जवकी २८ गते ऊर्जा मन्त्री उपत्यका आउने बताइएको छ ।
प्रधानमन्त्री वा मन्त्रीका सबै सल्लाहकारलाई सरकारका  कर्मचारीलाई यसरी बिफ्रिङ गर्ने कानुनी अधिकार हुँदैन । विभागीय मन्त्री भएको मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई सल्लाहकारले बिफ्रिङ गर्ने विषय ‘चेन अफ कमाण्ड’ भित्र नपर्ने कुरा पूर्व कर्मचारीको राय छ । वितरण केन्द्र प्रमुख समेत राखेर थपलियाले सचिव, एमडीको अगाडि प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न समेत निर्देशन दिएको कुराले लाचार बनाउन खोजिएको तर्क छ ।
सचिव, एमडीलाई ‘चेन अफ कमाण्ड’ अनुसार मुख्य सचिवबाट निर्देशन हुनु पर्दछ, याे सरकारी विधि हाे । तर कर्मचारीतन्त्रको नियम बाहिर गएर थपलियाले प्रधानमन्त्री कार्यालयका सचिव तोयानारायण ज्ञवालीलाई साक्षी राखेर मन्त्री, सचिव, एमडी र अन्य कर्मचारीलाई लाचार देखाउन खोजिएको देखिन्छ भनी नाम नबताउने सर्तमा पूर्व एक कर्मचारीले जलस्रोतलाई बताए । यसाे गर्न कानुनले दिदैन, याे ठाडाे हस्तक्षेप हाे । मन्त्रीलाई वाइपास गर्दै कर्मचारीलाई लाचार बनाउने कार्य प्रधानमन्त्रीको निर्देशनमा हुन नसक्ने समेत उनीहरुको राय छ । एमडी, वितरण केन्द्र प्रमुखहरुलाई नयाँको संज्ञा दिइएको समाचार छ । सरुवा, बढुवा हुँदैमा नयाँ देख्नु भनेको ‘सानो सोच’ भनी मानिसहरु टिप्पणी गर्छन ।
यो सामान्य प्राविधिक समस्या हो, यसलाई समाधान गर्दै अगाडि बढनु पर्ने हुन्छ । ऊर्जा क्षेत्रमा थुप्रै राजनीतिक र नीतिगत समस्याछन् । ती बारे बितेका दिनहरुमा चासो नराख्ने थपलियाले यसो किन गरेको हुन सक्छ भन्ने आशंकामा चिन्नेहरु यसो भन्छन् कि थपलियाजीको निर्वतमान एमडीसँग राम्रो सम्बन्ध छ । त्यसैले हालको व्यवस्थापनलाई कमजोर देखाउन यसो गर्नुपर्छ भन्ने सल्लाह कतैबाट आएको हुनुपर्छ । कान्तिपुर इन्जिनियरिङ प्राइभेट कलेजबाट सिभिल इन्जिनियरिङमा विइ गर्नु भएका थपलिया प्रधानमन्त्रीको वालकोट निवासको सुपरिवेक्षण इमान्दारपूर्वक गर्नु भएको बताउँदै स्रोतले उहँलाई गिट्टी, बालुवा, सिमेन्ट (मसला) घोल्न राम्रोसँग आउँछ भनेको छ ।

 

Facebook Comments