मिति २०७९ जेठ १५ गते पोखराबाट जोमसोमको लागि उडेको श्री तारा एयरलाईन्सको TARA-197 जहाज, सम्पर्क विहिन रहेको खबर प्राप्त भएपश्चात नेपाली सेनाको खोज तथा उद्धार टोलीद्वारा देहाय अनुसारका कार्यहरु गरेको व्यहोरा जानकारी गराईन्छ ।दुर्घटनाको खबर प्राप्त हुनासाथ जोमसोममा तैनाथ श्री नारायणदल गणबाट खोज तथा उद्धार टोली नौरीकोट इलाकातर्फ मुभ भई उक्त टोलीले नौरीकोट, लार्जुङ्ग, कोबाङ्ग र टीटी लेकका सम्भावित इलाकाहरुमा खोजी कार्य गरेको ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विशेष फौज बाहिनीको CQRT (Composite Quick Reaction Team) MI-17 (NA-056) बाट पोखरा हुँदै कोबाङ्गमा अवतरण गरेको ।सोही हेलिकप्टरद्बारा पोखराबाट मध्य कमाण्ड हे.क्वा.का कमाण्ड सेनापति, रेञ्जर तथा विपद् व्यवस्थापनका टोली (नेपाल प्रहरी सहित) उडान भई खराब मौषमको कारण मुस्ताङ जिल्लाको नार्साङ्ग गुम्बा (कोभाङ्ग) इलाकामा १४१५ बजे अवतरण भएको ।खराब मौसमको बाबजुद हेलिकप्टरबाट पटकपटक विमानको खोजी गर्न उडान गरिएको तथा पैदल फौज संभावित ईलाकामा विभिन्न टुकडीमा परिचालन भएतापनि साँझसम्म कुनै सफलता प्राप्त नभएको ।
जोमसोममा तैनाथ श्री नारायणदल गणबाट पैदली फौजले शेकोङ्ग ताल इलाकातर्फ खोजी कार्य गरेको साथै, उच्च शिखर शिक्षालयको टोलीले समेत चिनाङ्ग इलाकातर्फ खोजी कार्य गरेको । Local Guide को अनुसार तसाङ्ग-२ सानो सोरे इलाकामा उक्त विमान फेला परेको भनी खबर प्राप्त भए पश्चात Fish Tail Air द्बारा (नेपाली सेनाका अधिकृतसहित) उक्त एरियामा उडान गरी दुर्घटना ग्रस्त इलाकामा अवतरण भई दुर्घटनाको पुष्टि गरेको ।
तत्पश्चात नेपाली सेनाको Rescue Team MI-17 (NA-056) को हेलिकप्टरमार्फत दुर्घटनास्थलतर्फ उडान भएकोमा प्रतिकुल मौषमको कारण कोबाङ्ग फिर्ता भई पुन: ०९२५ बजे Rescue Team लिई दुर्घटनास्थलतर्फ मुभ भएको । श्री सैनिक उच्च शिखर शिक्षालयबाट गएको टोली १२१५ बजे दुर्घटनास्थलमा पुगेको ।विभिन्न एयरलाईन्सका हेलिकप्टरद्वारा नेपाली सेनाका खोज तथा उद्धार टोली घटनास्थलमा पुगेको ।
करिब १५०७ बजेसम्म २० जनाको शव Recover गरिएको र बांकी २ मध्ये १ जनाको शव खोंचमा च्यापिएको कारण झिक्न नसकिएको ।कोबाङ्गबाट नेपाली सेनाको MI-17 हेलिकप्टर मार्फत १० वटा शव काठमाण्डौ ल्याई शव वाहनद्वारा टिचिङ्ग अस्पताल पुर्याईएको ।नेपाली सेना (श्री सैनिक उच्च शिखर शिक्षालय र श्री महाविर शौर्य गणबाट) खोजी कार्य तथा शव सुरक्षाको लागि सोही स्थानमा रहेको ।
विहानैबाट खोजी कार्यको लागि फौज खट्टिने योजना रहेको ।ल्याउन नसकिएका शवहरु नेपाली सेनाको हवाई साधनमार्फत जेष्ठ १७ गते काठमाण्डौ ल्याउने योजना रहेको ।