उत्पादनको भण्डारमा सिँचाइ सुविधा

उत्पादनको भण्डारको रुपमा स्थापित भेरी नगरपालिका–१ होलुखोलामा, रावतगाउँ र विरौटामा सिँचाइ सुविधा पु¥याइएको छ । करिव रु एक करोडमा यी सिँचाइ सुविधा पु¥याएपछि थप उत्पान बढ्ने अपेक्षा लिइएको छ । करिव ५०० भन्दाबढी स्थानीयवासी यो सिँचाइ सुविधाबाट लाभ लिइरहेका छन् । जिल्लाको सबैभन्दा बढी धान तथा अन्य अन्न उत्पादन हुँने क्षेत्र मात्र नभएर उत्पादतका हिसावले पकेट क्षेत्रको रुपमा घोषणा गरिएको यस ठाउँमा व्यवस्थित सिँचाइ प्रणाली पुगेसँगै कृषक खुसी भएको स्थानीय सहदेव बस्नेतले जानकारी दिनुभयो । वेमौसमी तरकारी बालीदेखि गहुँको बीउ उत्पादनबाट निकै चर्चा कमाएको यस ठाउँमा सिँचाइ पुगेपछि आर्थिकरुपमा राम्रो लाभ हुँँने उहाँको भनाइ छ । खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटको आर्थिक सहयोगमा यि सिँचाइ योजना निर्माण गरिएको सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिनुभयो । कृषि जेटिएसमेत पढाइ हुँने यहाँ विद्यार्थीलाई प्रयोगात्मक सीपको लागिसमेत सहज हुँने अपेक्षा लिइएको छ । सदरमुकामलगायत सुर्खेत र नेपालगन्जसमेत यहाँ उत्पादन गरेको तरकारी पुग्ने गर्दछ । अव्यवस्थित सिँचाइ सुविधा हुँदा हैरानी भोगेको सर्वसाधारण व्यवस्थित सिँचाइ निर्माणसँगै खुसी भएको स्थानीय कृषक दलबहादुर खत्रीले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा मात्र दर्जन सिँचाइ तथा खानेपानीको योजना निर्माण कार्य जारी रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जानकारी दिनुभयो ।

Facebook Comments