विद्युत नियमन आयोगका सचिव जिवछ मण्डल केहि साता अघि ढल्केवर सवस्टेशन भिजिटका लागि गएका थिए । सो बारे मण्डलसँग कुरा गर्दा हो म अध्ययन गर्न गएको थिए मिति भने हेर्नु पर्छ भनेका छन् । उनले सवस्टेशनका बारेमा १३२, २२० र ४०० केभी रहेको राष्ट्रिय पावर सिस्टम हव भएको र दक्षिणको पावर ट्रेड र नेपालका लागि उक्त सवस्टेशन महत्वपूर्ण रहेको बताए । ढल्केवर सवस्टेशन भिजिट अफिसियल भएकाेले रिपोर्ट के आयो भन्दा मण्डलले अध्ययन गर्न गएको भनी रिपोर्टको विषय टारेका छन् ।
आयोग पदाधिकारी र सचिव बीच तालमेल देखिदैन, हाम्रा काम ढिला भए भन्ने प्रवद्र्धकहरुको गुनासो छ नि भनी सोद्धा मण्डलले आयोग ऐन देखाउदै सबैले यही अनुसार गर्ने हो, म कहाँ कुनै फाइल रोकिदैन ढिला हुने भनेको टिप्पणी उठाउने र स्वीकृत गर्ने तहमा हो भनेका छन् । १३ गते हाम्रा संवाददाता सचिवसँग कुरा गरिरहेका बेला बलेफी हाईड्रोका एक प्रतिनिधि सचिवसँग कुरा गरिरहेका थिए । कुराकानीको अन्त्यमा फिल्ड भिजिट जाने तय भएको छ । म अफिसकै गाडीमा जान्छु र यताबाट जाँदा तेलको व्यवस्था गर्नुपर्छ । सचिवले बलेफीसँग भनेका छन्। म अफिसकै गाडीमा जान्छु भन्दा कुरा सकिने हो । गाडी तेल विना चल्दैन सबैलाई थाहा भएकै कुरा हो । तेलको व्यवस्था गर्नुपर्छ भन्नुको अर्थ के हो त्याे कुरा सबैले बुझेका छन् ।
उनी सचिवको रुपमा आएपछि प्रायः दैनिक काम बाहेक अन्यकाम अगाडि बढ्न सकेका छैनन् । सचिवले आफू मातहतका कर्मचारीको मात्र होइन माथिका पदाधिकारी समेतलाई नटेरेको एक प्रवद्र्धक सेवाग्राहीको भनाइ छ । काम विशेषले त्यहाँ बारम्बार जानु पर्ने हुनाले नाम नलेख्नुहोला । किनकि हाम्रो त्यहाँ काम परिरहन्छ झन अड्काउछन् र घुमाइदिन्छन् उनको वाक्याङ्स हो यो । उनी उदाहरण दिदै भन्छन् जस्तो कि विहारको पुलिसले एउटा बिडी नपाएसम्म घुमाइरहन्छ, छोड्नेवाला छैन ।
विद्युत विकास विभागमा उप महानिर्देशक रहेका मण्डललाई पूर्व ऊर्जा मन्त्री वर्षमान पुनले आयोगमा सचिव बनाएर पठाएका हुन् । आयोगलाई छिर्के लगाएर सरकारलाई असहयोग गर्ने सचिवमा उनको नाम दर्ज भएको छ । सचिवको जिम्मेवारी भनेको आयोगको बैठकको माइन्यूट लेख्ने, महत्वपूर्ण कागजात ड्राफ्ट गर्ने र सदस्यलाई सहि गराएर सुरक्षित राख्ने महत्वपूर्ण भूमिका हुन्छ र ती निर्णयहरु जतिसक्दो चाडो कार्यान्वयन गर्ने गराउने जिम्मेवारी हो । तर त्यसो गर्ने गरेको पाइदैन । अझ ती कुनै कागजात आवश्य परेको समयमा खोजियो भने भेटिदैन । यस्तो भद्रगोल अवस्था देखेर कर्मचारी शुत्र भन्छ कि उनी पूर्व ऊर्जा मन्त्री प्रति अझैं पनि वफादार रहेका छन् ।
उनका पिता बिरामी परेकाले त्यही निहु पारेर ढल्केवर सवस्टेशन गए । त्यसको दुई अर्थ निस्कन्छ । पहिला उनको पिता बिरामी परेकाले जसरी नि जानु थियो । यो बाध्यात्कम अवस्था हो । अर्को अफिसियल भिजिटमा जाँदा टिएडीए भत्ता अनि सवस्टेशनबाट पनि खातिरदारी । पिताजी बिरामीका कारण विदा लिएर जान सकिन्छ । तर, त्यसो गर्न उनको मनले मानेन ।
आयोग आफैमा स्वयत्त संस्था हो । उसले सचिवको बारेमा निर्णय गर्न सक्छ सक्दैन ? भनी जानकारसँग बुझ्दा किन नसक्नु भन्ने जवाफ आयो । सरकारले अर्को सचिवको व्यवस्था नगरुन्जेलसम्म कुनै कर्मचारीलाई अधिकार दिएर आयोगको कामलाई अगाडि बढाउन सक्छ । यसमा कुनै समस्या हुँदैन ।
Facebook Comments