काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका ८०९ औं बैठकले गठित उपसमितिको डेडिकेटेड एवम् ट्रंक लाइन सम्बन्धी अध्ययन प्रतिवेदनले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका ग्राहकहरुको विद्युत महशुल दरबारे समितिको मिति २०७५।०१।३१ को ७६८ औं बैठकबाट निर्णयहरु भएको थियो ।
सञ्चालक श्री भक्त बहादुर पुनको संयोजकत्वमा गठित उपसमितिले उल्लेखित विषयमा पेश गरेको प्रतिवेदन उपर समितिको मिति २०७५।१२।२९ को ७९३ औं बैठकवाट निम्नानुसार निर्णय भएको थियो ।
सञ्चालक श्री भक्त बहादुर पुनको संयोजकत्वमा गठित उपसमितिले पेश गरेको प्रतिवेदनमा उल्लेख भएबमोजिम डेडिकेटेड लाइनबाट विद्युत आपूर्ति लिई महशुल नतिरेका ग्राहकसंग व्यवस्थापनले बाँकी विद्युत महशुल असूल उपर गर्ने । सो प्रतिवेदनमा डेडिकेटेड लाइन लिएका केहि ग्राहकहरुलाई नियमानुसार विलिन नभएको भन्नेसमेत उल्लेख भएको देखिदा विलिङ्ग नगर्नुको कारणबारे वितरण केन्द्रका सम्बन्धित केन्द्र प्रमुखलाई व्यवस्थापनले स्पष्टिकरण सोध्ने विषयहरुमा थप अध्ययन गरी एक महिना भित्र राय सिफारिस सहितको प्रतिवेदन पेश गर्न तल खण्ड (घ) मा उल्लेखित उपसमिति गठन गर्ने जनाएको छ । ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका ग्राहकहरुले सम्वत २०७२ श्रावण देखि २०७३ असारसम्म र तत्पश्चात प्रतिदिन उद्योग सञ्चालन गरेको अवधिको खपत विवरण, त्यस्ता ग्राहकहरुवाट नियमानुसार लिनुपर्ने महशुल, हाल लिइएको महशुल तथा यस्ता ग्राहकहरुको निवेदन दावी । नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर लाइन तथा ट्रंक लाइनवाट विद्युत आपूर्ति लिने प्रकिया र यस्ता ग्राहकहरुलाई लाग्ने महशुल दरबारे विद्युत वितरण विनियमावली, २०६९ र विद्युत महशुल संकलन विनियमावली, २०७३ मा भएका व्यवस्थाहरुको पुनरावलोकन गरी सो विनियमावलीहरुमा संशोधन गर्नुपर्ने देखिए सो को संशोधन मस्यौदा । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका र लिने ग्राहकहरुको नयाँ विद्युत महशुल दरको प्रस्ताव गर्ने निर्णय गरेको थियो सो उपसमितिमा भक्तबहादुर पुन, सञ्चालक, ने.वि.प्रा.संयोजक, तोयानाथ अधिकारी सह सचिव, सदस्य, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय हरराज न्यौपाने, उप कार्यकारी निर्देशक वि.ग्रा.से., ने.वि.प्रा. । तुलाराम गिरी, निर्देशक, जनसाधन विभाग सदस्य, जयराज भण्डारी, सह निर्देशक, सदस्य सचिव आर्थिक विश्लेषण विभाग, ने.वि.प्रा. रहने निर्णय गरेको थियो ।
उक्त उपसमितिले पेश गरेको प्रतिवेदन सञ्चालक समितिको मिति २०७६।०६।२४ गतेको ८०७ औं बैठकमा पेश हुँदा निम्नानुसारको निर्णय भएको थियोः सम्पूर्ण सञ्चालकहरुलाई उक्त उपसमितिले पेश गरेको पूर्ण प्रतिवेदन वितरण गर्ने र सोउपर विस्तृत छलफल गरी आवश्यक निर्णय लिन पुनः पेश गर्ने । उक्त प्रतिवेदन सञ्चालक समितिको मिति २०७६।०७।०७ गतेको ८०८ औं बैठकमा पेश हुँदा निम्नानुसारको निर्णय भएको थियो । डेडिकेटेड ग्राहकहरुको विद्युत महसुल दरसमेतका उपर प्रतिवेदन पेश गर्न गठित उपसमितिले पेश गरेको संलग्न प्रतिवेदनसमेतका उपर थप छलफल गर्नुपर्ने देखिएकाले सो प्रतिवेदन र विभिन्न वर्गका ग्राहकहरुको महशुल दरसमेतको प्रस्ताव समितिको आगामी बैठकमा पेश गर्ने ।
समितिको उक्त निर्णयानुसार संलग्न प्रतिवेदन र विभिन्न वर्गका ग्राहकहरुको प्रस्तावित महशुल दरसमेत उपर छलफल गरी आवश्यक निर्णय लिन कार्यकारी निर्देशकले समितिसमक्ष प्रस्ताव गर्नुहुँदा विस्तृत छलफल भई निम्नानुसार निर्णय भएको थियो । सञ्चालक समितिको मिति २०७५।१२।२९ को ७९३ औं बैठकबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट आपूर्ति लिएका ग्राहकहरुको विद्युत महसुल दरसमेतका उपर अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित उपसमितिले पेश गरेको संलग्न रायसिफारिससहितको प्रतिवेदनसमेतका आधारमा देहायबमाजिम गर्ने र डेडिकेटेड फिडर तथा ट्रा लाइनबाट आपूर्ति लिएका ग्राहकहरुसँग २०७२ श्रावणदेखि नै लागू हुने गरी ने.वि.प्रा. विद्युत महशुल संकलन विनियमावली, २०७३ को विनियम ५(२) तथा अनुसूचि (१) क मा उल्लेख भएबमोजिमको विद्युत महसुल लिने । विभिन्न ग्राहकले विभिन्न अदालतमा मुद्दा दायर गरी सोउपर अन्तरिम आदेश जारी भई मुद्दा विचाराधिन रहेको हुँदा त्यस्ता ग्राहकका हकमा मुद्दा फैसला भएपश्चात सोही बमोजिम हुने गरी महसुल लिने । भैरहवा वितरण केन्द्र अन्तर्गतका १५ वटा ग्राहकहरूले साविकको ३३ के.भी. औद्योगिक फिडरवाट ट्रड लाइनमा परिवर्तन भई मिति २०७४।१२।१२ देखि नियमित विद्युत आपूर्ति लिएको देखिंदा त्यस्ता ग्राहकहरूसँग पनि २०७५ वैशाखदेखि लागू हुने गरी विद्युत महशुल संकलन विनियमावली, २०७३ को विनियम ५ (२) तथा अनुसूचि (१) क मा उल्लेख भए बमोजिमको महसुल दर कायम गरी सोही बमोजिम बाँकी महसुल लिने ।
डेडिकेटेड फिडररलाइन, औद्योगिक फिडररलाइन, ट्रंक लाइन, औद्योगिक क्षेत्र लाइन, विशेष आर्थिक क्षेत्र लाइन र ११ के.भि. रिङ्ग मेनवाट विद्युत आपूर्ति लिने ग्राहकलाई अर्को जुनसुकै लाइनमा परिवर्तन (क्जषत) गर्ने सम्बन्धमा व्यवस्थापनले छुट्टै कार्यविधि तर्जुमा गरी समितिसमक्ष पेश गर्ने । नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण विनियमावली, २०६९ र विद्युत महशुल संकलन विनियमावली, २०७३ मा संशोधन गर्न प्रतिवेदनमा प्रस्ताव गरिएका र अन्य आवश्यक देखिएका व्यवस्थाहरूसहितको संशोधन प्रस्ताव तयार गरी समितिसमक्ष पेश गर्ने ।
Facebook Comments