आचार्यको कृति ‘तथास्तुः अवशेष’ लोकार्पित

दमक (झापा)/अग्रज साहित्यकार टङ्क आचार्यको कृति ‘तथास्तुः अवशेष’ लोकार्पण गरिएको छ ।

प्रतिभा निकेतन दमक र साहित्यकला सङ्गम दमकको संयुक्त आयोजनामा आज यहाँ भएको कार्यक्रममा आचार्यको कृति लोकापर्ण गरिएको हो ।

अग्रज साहित्यकार खेमलाल पोखरेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार डा व्यञ्जना शर्मा र शिव रेग्मी प्रणतले कृतिमाथि टिप्पणी प्रस्तुत गर्नुभयो । उहाँहरूले पुस्तकको वैचारिक पक्ष, भाषाशैली र समसामयिक सन्दर्भमा यसको महत्त्वमाथि चर्चा गर्नुभएको थियो ।

लेखक आचार्यले कृति ‘तथास्तुः अवशेष’ मार्फत समकालीन समाज, मानवीय संवेदना र विचारशील दृष्टिकोणलाई सशक्त रूपमा उठान गरिएको उल्लेख गर्नुभयो ।

वरिष्ठ साहित्यकार डा गोविन्दराज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कवि प्रकाश बुढाथोकी, लक्ष्मण गाम्नाङगे, लक्ष्मी खनाललगायतका स्रष्टाहरूले आ–आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

Facebook Comments