बागमति गाउँपालिकले ल्यायाे बजेट

बागमति गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको छ । यो आर्थिक वर्षका लागि पालिकाले ६२ करोड ५५ लाख ६९ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

बजेटमा संघीय सरकारबाट ८ करोड १४ लाख, शशर्त अनुदान २३ करोड ३३ लाख विदेशी अनुदान १ करोड २० लाख हुने प्रक्षेपण गरेको छ । समपुरकमा ३ करोड २० लाख, राजश्व बाँडफाँडमा ८ करोड १४ लाख आम्दानी गर्ने बजेटमा उल्लेख छ ।

त्यसैगरी प्रदेश सरकारबाट ६८ लाख ९७ हजार अनुदानको अपेक्षा गरेको छ । शशर्त अनुदानमा २ करोड ७४ लाख ९७ हजार आम्दानी गर्ने लक्ष्य रहेको छ । त्यसैगरी विदेशी अनुदान २ करोड २५ लाख प्राप्त गर्ने लक्ष्य छ । समपुरक कोषका लागि २ करोड २५ लाख र राजश्व बाँडफाँड तर्फ १ करोड ९२ लाख ८४ हजार उठाउने लक्ष्य लिएको छ ।

पालिकाको आन्तरिक मौज्दात ५५ लाख १९ हजार रहेको गाउँपालिका स्रोतले बताएको छ । अन्य सहयोगबाट १ करोड २८ लाख आम्दानी गर्ने पालिकाको बजेटमा उल्लेख छ ।

Facebook Comments