नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकको विषयमा सूचना जारी गरेर उद्योगीहरुको लाइन काट्ने तयारी गरेको छ । डेडिकेटेड र ट्रंक फिडरको विषयमा त्यसलाई बोर्डमा पठाउने काम भएको थियो । त्यो अहिले बोर्डबाट निर्णय भई असार मसान्तसम्म किस्ताबन्दीमा रकम बुझाउन अवसर दिने र त्यसपछि साउन १ बाट पनि तिर्नु पर्ने रकम भुक्तानी गर्न अटेर गरेमा साउन १ बाट लाइन काटिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनु भएको छ ।
उता उद्योगीहरुले भने डेडिकेटेड र ट्रंक सेवा आफूले नमागि प्राधिकरणले आफूलाई जवरजस्त भिडाएको हुनाले त्यसलाई स्वीकार गर्न नसकिने बताउदै आएका छन् । यो विषयमा प्राधिकरण उनीहरु पुनरावेदन गर्न सक्छन् तर त्याे पनि गरेका छैनन् । तरपनि उद्योगीहरुले पैसा तिर्न आनाकानी गरिरहेका छन् । यसको अलवा उद्योगीहरुले विद्युत सेवा लिइरहेको हुनाले नेविप्राले विल पठाइरहेको शाक्यको भनाइ छ । यो अवस्था भनेको उद्याेगीहरु आँखा चिम्लेर बालुवामा टाउको लुकाए जस्तो मात्र हो । यसको कुनै अर्थ नभएको शाक्यले प्रस्ट पार्नु भएको छ ।
कि त म विल र्तिदिन भनेर लेखेर दिनुपर्यो । पैसा नतिरेको भन्ने कुरा हैन, तर फरक तिरिरहेका छन् । र हामीले विल पठाइरहेका छौ ।
त्यस्तै अर्को समस्या भनेको अप्टिकल फाइवरमा पनि छ । त्यसमा पनि निर्णय भएर प्रस्ट रुपमा अगाडि बढिसकेको शाक्यको भनाइ छ । त्यो निर्णय त भदौमा नै गरिसकिएको हो । त्यसको लागू गर्नमा मात्र केही समय लागेको हो । मंसिरमा नै त्यो निर्णय लागू गर्नका लागि सर्कुलर जारी गरिसकेको उहाँको भनाइ छ । अहिले हाइभोल्टेजमा सबैले भुक्तानी गरिसकेको अवस्था छ, भने पोलको हकमा कारवाही प्रकृया अगाडि बढिरहेको अवस्था छ । यसमा कतिले तिरेको अवस्था पनि छ भने कतिले तिरेका छैनन् । अहिले लाइन काट्ने काम भने नभएको उहाँको भनाइ रहेको छ ।
अन्य विषयमा विद्युत नियमावली र बोर्डको निर्णय अनुसार अगाडि बढ्ने शाक्यले बताउनु भयो । नियमावलीले बोलेको कुरा के हो भने ६० दिनसम्म महशुल भुक्तानी नगर्ने ग्राहकको लाइन काटिने छ । डेडिकेटेड, ट्रंक र पोलको हिसाबले हेर्दा असार मसान्तसम्म भुक्तानी नगर्ने यस्ता ग्राहक र सेवाग्राहीको लाइन काटिने र भुक्तानी समयमा नगर्नेको हकमा २५ प्रतिशत अतिरिक्त रकम जोडेर असुल गर्नुपर्ने नियम छ । यसै अनुसार यी सेवाग्राहीमा पनि यो नियम लागू भएको शाक्यको भनाइ छ ।
Facebook Comments