अमेरिकी ट्रेजरी मन्त्री येलेनद्वारा कोभिड–१९ प्रभावित अर्थतन्त्रलालाई उकास्ने योजना ल्याउन आग्रह

अमेरिकी ट्रेजरीमन्त्री जेनेट येलेनले बिहीबार विश्वका ठूला अर्थतन्त्रलाई कोभिड–१९महामारीको कारण भएको आर्थिक सङ्कटबाट भएको आर्थिक क्षतिलाई ठोस सुधार गर्नेगरी नयाँ तथा ‘महत्वपूर्ण’ खर्च व्यवस्थापन योजना ल्याउन आग्रह गर्नुभएको छ । उहाँले कोरोना महामारीका कारण कोभिड–१९ विरूद्धको खोप आउनु पहिलेको तुलनामा अहिले विश्वको आर्थिक अवस्था सुधारतर्फ रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमार्फत् जारी विज्ञप्तिमा भन्नुभयो, “सम्बन्धित मुलुकका सरकारले साना तथा मध्यम उद्योग तथा व्यवसायलाई लक्षित गरी ल्याएका कार्यक्रमका कारण विश्वको आर्थिक अवस्था सुधार उन्मुख रहेको छ । यद्यपि यति काम नै अर्थतन्त्र सुधारका लागि पर्याप्त भने हुने छैन ।” येलेनले विश्वका ठूला अर्थतन्त्रसहित अन्तराष्ट्रिय आर्थिक संघसंस्थाहरूलाई भन्नुभयो, “ताजा सुधारको वातावरणलाई पुनःप्राप्ति सुरक्षित गर्नका लागि पर्याप्त मात्रामा आर्थिक सहयोग प्रदान गर्न आग्रह गर्नुभयो ।”

Facebook Comments