अपि पावरको खुद नाफा बढ्यो

अपि पावर कम्पनी लिमिटेडले  चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।जलबिधुत बेचेर आम्दानीबढ्यो
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५० लाख आम्दानी बिजुली बेचेर आम्दानी गरेको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २८ करोड ८१ लाख रुपैयाँ कमाएको थियो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।२४ करोड ८२ लाख लगानी रहेको छ।

प्रति सेयर आम्दानी (ईपीएस)
८.४०

प्रतिसेयर नेटवर्थ
१०९.५४ रुपैयाँ

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
३६.९५  गुणा

कम्पनीले हालै मात्र हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ

627fcb407f404.jpg

Facebook Comments