काठमाडाैं । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. ६ स्थित नवज्योती बहिरा माध्यामिक बिद्यालयको भान्छा घर र डाइनिङ्ग हल एक कार्यक्रम बिच मिति २०७७/०५/१७ गते श्री नं. ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धुव्रप्रकाश शाह र कमलामाई नगरपालिका नगर प्रमुख खड्गबहादुर खत्रीले संयुक्त रुपमा उदघाटन गर्नुभई विद्यालयका प्रधानाध्यापक बिजय तामाङलाई हस्तान्तरण गर्नुभएको छ ।
जिल्ला स्थित कार्यालयका पदाधिकारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष विश्वम्भर लामिछानेले बिद्यालयका तर्फबाट बर्द बहादुर गणका गणपतिलाई प्रशंसापत्र समेत प्रदान गर्नुभएको थियो ।
स्थानीय जनतालाई प्रत्यक्ष एवं शिघ्र फाइदा पुग्ने परियोजनाहरु (Quick Impact Projects, QIP) हरु संचालन गर्ने संगठनको नीति अनुरुप प्रयास स्वरुप फरक क्षमता भएका बहिरा वालवालिका अध्ययन गर्ने विद्यालयको छनौट गरि उक्त भौतिक पूर्वाधारको निर्माण गरिएको सेनाले जनाएकाे छ ।
Facebook Comments