मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बाट ८० किलो अवैध लागूऔषध गाँजा सहित बा.६ च १४७६ नम्बरको कार बुधबार राति प्रहरीले बरामद गरेको छ ।प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भागेको कार खोजी गर्दा उक्त स्थानमा फेला पारी कारको लक खोली जाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो ।सडकमै कार छोडेर फरार भएका अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Facebook Comments