काठमाडौं । महालेखाको प्रतिवेदनको ८७ काे ५ मा ‘मनासिव माफिकको कारण तथा सामान आपूर्ति गर्ने कार्य तालिका वेगर सुरु संझौताको १४० प्रतिशतसम्म म्याद थप भएको छ । अतः स्पष्ट कारोबार वेगर म्याद थप गर्ने पदाधिकारीलाई जिम्मेवार बनाइ समयमा नै सामान आपूर्ति नगर्ने आपूर्तिकर्ताबाट विनियम तथा संझौता अनुसार लाग्ने पूर्व निर्धारित क्षतिपूर्ति वापतको रकम एकिन गरी असुल गर्नु पर्दछ ।’ भनि म्याद थप्ने कर्मचारी र काम नगर्ने ठेकेदार दुबै नसियतका भागिदार हुनेछन् भनि औल्याएको छ ।
संझौता अनुसार २४० दिन भित्र सबै सामान आपूर्ति गरी सक्नु पर्नेमा कार्यकारी निर्देशकबाट १४ अगष्ट २०१९ सम्म ५०६ दिन म्याद थपेको पाइएको कुरा १५ जुलाइ २०२० मा प्रकाशित उसको आफ्नै प्रतिवेदनमा किटानी गरेको छ । यसको अर्थ १४० प्रतिशत म्याद थप गर्ने कार्यकारी निर्देशक र समयमा सामान नदिने ठेकेदार दुबै सजायको भागिदार बन्नु पर्ने हो । तर म्याद थप गर्ने पदाधिकारी नै कार्यालय प्रमुख भएपछि कसले जिम्मेवार बनाइ कस्ले कारवाही गर्ने ? कुरो गम्भीर छ ।
ट्रान्सफर्मर सप्लाई गर्नका लागि प्राधिकरणले २०१६ मा टेण्डर गरेर ४ वटा कम्पनीहरुलाई कुल १३ हजार ४ सय थान ट्रान्सफर्मर आयातको ठेक्का दिएको थियो । जुन काम १६ जुन २०१७ मा सबै प्रकारका परीक्षण कार्य सकिसक्नु पर्ने थियो । Tesla India CO ले २ हजार थान, Sanbian Ser Tech China ले ८ हजार थान, TBEA India ले १ हजार ४ थान र Golden Trangel China ले २ हजार थान को ठेक्का पाएका थिए । यसरी कुल १३ हजार ४ सय थान ट्रन्सफर्मरको ठेक्का ४ अर्ब ५० करोडको हो । यो रकम नेपाल सरकारको हो । अर्थात जनताको करबाट संकलित रकम हो ।
ठेकेदार पक्षले समयमा इन्फ्रेक्सन गराउने पदाधिकारी नियुक्त नगरेको, भुक्तानी दिन ढिला गरिदिनाले भन्सार पारिपट्टी महिनाै सामान थन्किएको, भिसा वा पासपोर्टको म्याद सकिएको आदि कारण देखाउने गरेका छन् । व्यवस्थापनले पनि आफ्नो कारणले ल्याङल्याङ भएकाले म्याद थप गर्नु परेको कारण देखाउदै म्याद थप्ने गरेको जानकारको दावी छ । कारण जे सुकै भएपनि २४० दिनमा सकाउनु पर्ने कामको लागि थप ५०६ दिन थपिनुले नै केही कैफियत छ भन्ने कुराको पुष्टि गरिरहेको छ । यस बारेमा थप जानकारी लिनका लागि जिन्सी व्यवस्था महाशाखाका प्रवन्धक कमल आर्चायसँग सम्पर्क गर्दा उहाँको फोन उठेन । केन्द्रीय स्टोर हेटौडाका बुद्धिबहादुर कार्कीले केन्द्रीय स्टोरमा ३ हजार जति ट्रान्सर्फमर रहेको बताउनु भयो । ३ सय जति भुटनदेवीमा छ, चाइनिजले ल्याएकोमा अहिलेसम्म ७२ वटा विग्रिएको तथा केही माग अनुसार बाहिर पठाइएको छ । दिनमा ४०/५० वटा मात्र टेस्टिङ हुन्छ । बर्खाको कारण ढिला हुन्छ । र २०७३ सालमा टेण्डर प्रकृया सुरुवात भएको भएतापनि सामान आउन भने १ वर्ष देखि मात्र थालेको उहाँको भनाइ छ ।
Facebook Comments