धादिङ गजुरी गाउँपालिका-६ आदमघाटस्थित सडकबाट करिब २ केजि ८ सय ग्राम अवैध लागूऔषध चरेश सहित सोही गाउँपालिका-७ तल्लो पेटारे बस्ने २५ वर्षीय सोमलाल तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले तामाङलाई जाँच गर्दा उनले बोकेको झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
Facebook Comments